Section 14
प्रशासकीय तथा प्राविधिक कर्मचारी तथा निजको परिवारलाई सुविधा तथा उन्मुक्ति
नेपाली नागरिक वा नेपालको स्थायी आदिवासी नभएको नियोगको प्रशासकीय तथा प्राविधिक कर्मचारी तथा निजको परिवारको सदस्यलाई आफ्नो कर्तव्यको परिधि बाहिर भई गरेको काम कारवाहीको सम्बन्धमा दफा १० को उप–दफा (१) अन्तर्गतको सुविधा तथा उन्मुक्ति बाहेक दफा ७ देखि दफा ११ सम्ममा उल्लेख भएको सुविधा तथा उन्मुक्ति मात्र प्राप्त हुनेछ । प्रथम पटक आफ्नो कार्यभार सम्हाल्न आउँदा पैठारी गरेको मालसामानको हकमा दफा १२ को उप–दफा (१) को खण्ड (ख) बमोजिमको सुविधा पाउनेछ ।